लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले उज्यालो लुम्बिनी प्रदेश निर्माणको अभियान सुरु गर्ने बताएका छन् । प्रदेश सरकारको कान्छो मन्त्रालय मानिने ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले प्रदेशकै एक ठाउँबाट उज्यालो अभियान सुरु गर्ने योजना बनाएको उनले बताए ।रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री रानाले कुनै सानो क्षेत्रबाट सुरुवात गरेर लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेशका रुपमा स्थापित गर्ने अभियानका साथ