जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामले दसैँ तिहारमा यात्रुको सहजताका यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको छ । चाडपर्वमा यात्रुलाई विभिन्न समस्या हुनसक्ने भन्दै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामले जनाएको छ । मङ्गलसेन बसपार्कमा स्थापना गरिएको यात्रु सहायता कक्षको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले चाडपर्वमा सवारी साधनको चाप बढ्दै जाने हुँदा बसपार्क क्षेत्रभित्र भीडभाड हुने यात्रु ठगिने कार्यलाई नियन्