लुम्बिनी प्रदेशसभा विशेष अधिवेशन आइतवारदेखि शुरू हुँदैछ । आइतबार दिउँसो १ बजेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको हो ।
कोरोना महामारीको समयमा पनि प्रदेशसभा सदस्यको पीसीआर जाँच विनै बैठक बस्न लागेको छ ।
एमालेका प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठलाई कोरोना पोजेटिभ देखिएको छ । उनी घरमै आराम गरेर बसिरहेका छन् । महामारीमा पीसीआर जाँच विनै सभा बस्न लागेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
‘यो विषयमा सोचिएन । माननीयहरू आ–आफ्नो गृहजिल्लामा हुनुहुन्छ । आज बैठक शुरू हु...