हेटौंडा अस्पतालमा थप एक संक्रमितको मृत्यु

हेटौंडा : मकवानपुरको हेटौंडास्थित मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा हेटौंडा–२ चौकिटोलकी ५२ वर्षीया महिला रहेको अस्पतालको कोभिड फोकल पर्सन सागर काफ्लेले जानकारी दिए।यससँगै अस्पतालमा कोरोनाबाट २३ महिला र ४२ पुरुष गरी ६५ जनाले ज्यान गुमाएका छन्।   

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बाँकेमा थप चार संक्रमितको मृत्यु

बाँकेमा थप चार संक्रमितको मृत्यु भएको छ। योसँगै बाँके जिल्लाका १२६ र बाहिरी जिल्लाका बाँकेमा उपचाररत १२० जना संक्रमितको मृत्यु भएको छ।

बिपी प्रतिष्ठानमा दुई संक्रमितको मृत्यु

धरान। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार एकै दिन मोरङ र जनकपुरका दुई संक्रमितको मृत्यु भएको हो। संक्रमणबाट विराटनगर–१२ का ७५ वर्षीय वृद्ध र धनुषाका ४८ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।