पर्वत : गण्डकी प्रदेशका नयाँ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही वैशाख २१ गते विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री नियुक्त भएको एक सातामा नै मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लागेका हुन्। विश्वासको मत लिएर आफू पदमा बलियो बनेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी पाण्डेले गरिरहेका छन्।कांग्रेस र माओवादीले आलोपालो गरेर मुख्यमन्त्री बन्ने सहमति अनुसार गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका कांग्रेस संसदीय दलका नेता पाण्डेले त्यसको भोलिपल्ट वैशाख १५ गते शपथ लिएका