काठमाडौं,१९ चैत । सत्तारुढ तीन दलबीच सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपा (एकीकृत समाजवादी) लाई दिने सहमति जुटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज बालुवाटारमा भएको छलफलमा सुदूर सरकार समाजवादीलाई दिनेबारे सहमति जुटेको हो । सुदूर सरकार हाल नेपाली कांग्रेसको नेतृत्वमा रहेको छ […]