अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले मन्त्रालयहरूले खर्च नगरेपनि अपजस भने आफूले पाएको बताएका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको ४९औं बैठकमा शर्माले विकासे मन्त्रालयबाटै खर्च नभएको, तर अपजस आफूले भोगेको बताएका हुन् ।‘अर्थमन्त्रीकै कारण पूँजीगत खर्च नभएको झैं गरिएको छ,’ अर्थमन्त्री शर्माले भने, ‘खर्च विकासे मन्त्रालयले नगरेको हुन् ।’ बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा मंगलबार बसेको हो ।बैठकमा सहभागी प्रदेश मुख्यमन्त्रीहरूले साझा