काठमाण्डाै – रुसका एक जना अधिकारीले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) कामै नलाग्ने गरी बिग्रन सक्ने चेतावनी दिएका छन् ।अन्तरिक्ष कम्पनी एनर्जियाका प्रमुख इन्जिनियर भ्लादिमिर सोलोभयोभले पुराना पार्टपुर्जाका कारण आईएसएस कामै नलाग्ने गरी बिग्रिन सक्ने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।केन्द्रमा रहेका ८० प्रतिशत उपकरणहरूको म्याद सकिएको र ससाना चिरा पनि देखा परेका कारण ती थप खराब हुँदै जान सक्ने उहाँले बताउनुभयो । रुसले यसअघि पनि पार्टपुर्जाबारे चिन्ता व्यक्त गर्दै सन् २०२५ पछि आईएसएस छोड्न सक्ने बताएको थियो ।सन् १९९८ म...