भीमेश्वर नगरपालिकामा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

नेपाल बैंकले आफ्नो ५० औं एक्सटेन्सन काउन्टर दोलखाको चरिकोट स्थित भीमेश्वर नगरपालिकाको कार्यालय परिसरबाट शुरु गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन नेपाल बैंकसञ्चालक समितिका अध्यक्ष सुमनराज अर्याल र भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरतबहादुर के.सी.ले संयुक्त रुपमा गरे । समुद्घघाटन समारोहको अध्यक्षता बैंकको प्रादेशिक कार्यालय, बागमती प्रदेशका प्रमुख विनय केसरी पौड्यालले गरेका थिए भने  कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, जिल्ला समन्वय समित