नेपाली जनताको चाहना मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरण नै हो : मुख्यमन्त्री शाही

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली जनताको चाहना भनेको मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरण नै भएको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।प्रजातन्त्र प्राप्तपछि पनि नेपालमा विभिन्न कालखण्डमा आन्दोलनहरू भएका छन्,’उनले भने,‘ ती आन्दोलनहरूबाट प्राप्त उपलब्धिहरूको रक्षामा हामी सबै लाग्न आवश्यक छ।’ शाहीले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजव