अफगान घटनामा एमालेले माग्यो सरकारको जवाफ– सार्क अध्यक्ष राष्ट्रको दृष्टिकोण के हो ?

नेकपा एमालेले अफगानिस्तानमा तालिबानले राजधानी कब्जा गरेको विषयमा नेपाल सरकारको धारणा माग गरेको छ । एमालेले अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ ।  सोमवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर एमालेका सांसद गोकुल बाँस्कोटाले अफगान घटना क्रान्ति या प्रतिक्रान्ति हो भन्ने विषयमा सरकारको आधिकारिक धारणा मागेका हुन् । ‘हिरो भनिएका प्रधानमन्त्री जिरो हुनुभएको छ । अफगान घटना क्रान्ति हो या प्रतिक्रान्ति हो, यसबारे जान्न चाहन्छौं,’ बास्कोटाले भने, ‘...