२२०० को मनोवैज्ञानिक विन्दुमा नेप्से, १ अर्ब ३६ करोड बराबरको शेयर खरीदविक्री

जेठ ९, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमवार नेप्से परिसूचक ३४ दशमलव २१ अंक घटेको छ । परिसूचक २ हजार २०० दशमलव ८८ विन्दुमा झरेको हो ।  यस अवधिमा कारोबारमा आएका २२४ ओटा धितोपत्रको ३९ लाख १७ हजार ६५५ कित्ता शेयर २८ हजार ५०६ पटकमा रू. १ अर्ब ३६ करोड ९५ लाख १३  हजार १९१ दशमलव ५० बराबरको शेयर खरीदविक्री भएको छ । नेप्से परिसूचक दिनहुँ घट्दो क्रममा रहेको छ । शुक्रवार पनि परिसूचक १५ दशलमव ८२ अंक घटेको थियो । सोमवार नेप्से परिसूचक २ हजार २०० विन्दुको मनोवैज्ञानिक विन्दुमा आएको छ । यस भन्दा अगाडि पनि २ हजार २०० को वरिपरिबाट बजार फर्किएको थियो । पुनः दोस्रो पटक सोही विन्दुमा आएको छ ।  पछिल्लो समय वित्तीय प्रणालीमा तरलता अभाव लगायत नीतिगत सु्धार हुन नसक्दा नराम्रोसँग प्रभावित भएको छ । विशेषगरी शेयरधितो कर्जामा ४-१२ करोडको सीमा लागू र बैंकलाई अल्पकालिन रुपमा शेयर कारोबारमा बन्देज लगाएसँगै बजार प्रभावित भएको हो ।  अब मौद्रिक नितिको तेस्रो त्रैमासिक समीक्षा र बजेट सार्वजनिक हुने दिन नजिकिएका छन् । यसले गर्दा केही नीतिगत सुधार भएमा पूँजी बजारमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । यद्धपि शेयर बजार घटबढ हुने गर्दछ । लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको आधारभूत पक्ष र प्राविधिक पक्ष राम्रो सँग केलाएर लगानी गरेमा राम्रो प्रतिफल हुने देखिन्छ ।   कारोबारमा आएका २२४ ओटा धितोपत्रमध्ये सबैभन्दा बढी गुँरास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ दशमलव २० प्रतिशत वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १३७ दशमलव ५० पुगेको छ । त्यसैगरी दोस्रोमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ५ दशमलव २६ प्रतिशत वृद्धि भएर रू. ४४२ दशमलव १० पुगेको छ ।  सोमवार सबैभन्दा बढी मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव ८९ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ३४० मा झरेको हो । त्यसैगरी दोस्रोमा विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५ दशमलव ८७ प्रतिशत घटेर रू. १ हजार १२३ कायम भएको हो ।  सर्वाधिक शेयर खरीदविक्री नबिल बैंकको भएको छ । कम्पनीको रू. ४ करोड १५ लाख बराबरको शेयर खरीद विक्री भएको हो । शेयरमूल्य प्रतिकित्ता रू. ८९९ कायम भएको हो । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रो कम्पनीमा अरुण भ्याली हाइड्रोपावर कम्पनीको रू. ३ करोड ८७ लाख बराबरको भएको छ ।  कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो । समूहगत परिसूचक घट्नेमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसूचक २ दशलमव ६२ प्रतिशत घटेको छ ।  त्यसैगरी, बैंकिङ समूहको १ दशमलव १६ प्रतिशत, विकास बैंक समूहको १ दशलमव ९७ प्रतिशत, वित्त समूहको २ दशमलव शून्य ४ प्रतिशत, होटल एण्ड टुरिजम समूहको २ दशमलव ४४ प्रतिशत, हाइड्रोपावर समूहको २ दशमलव शून्य ८ प्रतिशत, लगानी समूहको २ दशमलव शून्य १ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ३५ प्रतिशत, लघुवित्त समूहको १ दशमलव ८४ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशलमव ९२ प्रतिशत, निर्जीवन बीमा समूहको १ दशमलव ७२ प्रतिशत, अन्य समूहको शून्य दशमलव २४ प्रतिशत र व्यापार समूहको समूहगत परिसूचक १ दशमलव १३ प्रतिशतका दरले घटेको हो । 

सम्बन्धित सामग्री

वन विकास कोषको १ अर्ब अलपत्र

वनको विकास, संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धन गर्ने उद्देश्यबाट गठन गरिएको वन विकास कोषमा अहिलेसम्म करिब १ अर्ब रूपैयाँ जम्मा भएको छ।...

कोरोना बीमाको १ अर्ब ८१ करोड रकम बाँडिदै, कसले पाउँछन् पहिला ?

कोरोना बीमा बापतको भुक्तानी हुन बाँकी रकममध्ये १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी हुने भएको छ । सरकारले दिएको १ अर्ब रुपैयाँ र बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी तथा निर्जीबन बीमा व्यवसाय गर्ने कम्पनीहरुले हालेको ८१ करोड रुपैयाँ जम्मा गरेर १ अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गर्न लागिएको हो ।सरकारले दिएको १ अर्ब रुपैयाँलाई ५५ प्रतिशत मानेर थप ४५ प्रतिशत रकम बीमा समिति, पुनर्बीमा कम्पनी र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुबाट जुटाइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

बीपी प्रतिष्ठान १ अर्ब ४१ करोड घाटामा

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान १ अर्ब ४१ करोड रुपैयाँ बराबर ऋणमा रहेको पाइएको छ। प्रतिष्ठानले स्वेतपत्र जारी गर्दै १ अर्ब ४१ करोड घाटामा रहेको जनाएको छ।

तुलसीपुरको बजेट १ अर्ब ८६ करोड

तुलसीपुर उपमहानगरपालिकाले १ अर्ब ८६ करोड ४७ लाख ७९ हजार रुपैयाँ बजेट ल्याएको छ।

चीनमा १ अर्ब २४ करोडले लगाए कोरोनाविरुद्धको खोप

चीनका पनि १ अर्ब २४ करोड जनसंख्याले कोभिड विरुद्धको पूर्ण मात्राको खोप लगाएका छन्। चीन सरकारले सार्वजनिक गरेको शुक्रबारसम्मको तथ्यांकअनुसार १ अर्ब २४ करोड जनसंख्याले पूर्णमात्रा खोप लगाएका छन्।

गुगलले एयरटेलमा १ अर्ब डलर लगानी गर्ने

गुगलले भारतको नम्बर दुई मोबाइल अपरेटर भारती एयरटेलमा १ अर्ब डलर लगानी गर्ने भएको छ । करिब  एक अर्ब भारतीयहरूलाई स्मार्टफोनमा सस्तो पहुँच प्रदान गर्न र क्लाउड–आधारित कम्प्युटिङको प्रयोगलाई गति...

४ महिनामा १ अर्ब बढीका राउटर नेपाल भित्रिए

गएको ४ महिनामा १ अर्ब बढीका राउटर नेपालमा आयात भएका छन् । गत साउन देखि कार्तिकसम्म १ अर्ब ५५ करोड ७३ लाख ५ हजार बराबरका राउटर नेपाल भित्रिएका हुन् ।  भन्सार विभागकाको तथ्यांकमा पछिल्लो ४ महिनामा १ अर्ब बढीको ४ लाख ७५ हजार ५९९ पिस राउटर आयात भएको उल्लेख गरिएको छ ।  गत वर्षको सोही अवधिको भन्दा यस वर्ष ह्वात्तै आयात बढेको छ । गत आर्थिक वर्ष २०७७/७८ को साउनदेखि कात्तिक सम्म ८४...

टिकटकका सक्रिय प्रयोगकर्ता १ अर्ब नाघे

१७ असोज, काठमाडौं। लोकप्रिय सोसल मिडिया प्लाटफर्म टिकटकले प्रविधि उद्योगको महत्वपूर्ण कोशेढुंगा पार गरेको छ । चिनिया एप टिकटक १ अर्ब मासिक सक्रिय प्रयोगकर्ता रहेको एप बन्न सफल भएको छ । एक ब्लग पोस्ट मार्फत् टिकटकले सोमबार यस्तो जानकारी गराएको हो । यो सँगै टिकटक गुगल तथा फेसबुकको स्वामित्वमा रहेका बाहेक १ अर्ब सक्रिय प्रयोगकर्ता […]

मल खरिदमा १ अर्ब भन्दा बढीको अनियमितता

मल आयातको परिणामभन्दा बढी १ अर्ब १७ करोड रुपैयाँ निकासा दिएको पाइएको हो ।

फोनपेबाट एक दिनमा १ अर्ब बढीको कारोबार

भुक्तानी सेवा प्रदायक फोनपेबाट हुने दैनिक कारोबार १ अर्ब पुगेको छ । फोनपे नेटवर्कबाट एक दिनमा १ अर्ब रुपैयाँ कारोबार भइरहेको कम्पनीले जनाएको छ ।  नेपालको डिजिटल भुक्तानी प्रणालीमै दैनिक एक अर्ब कारोबार ठूलो उपलब्धि भएको जनाएको छ । उसले यो एउटा नम्बरमात्र नभएर ठूलो उपलब्धि भएको जनाएको छ ।  फोनपेमा हाल १ करोड ३० लाखभन्दा बढी ग्राहक छन् । त्यस्तै, ५५ बढी बैंक तथा वित्तिय...