५ वर्ष ढिला गरी निर्माण सकियो गौतमबुद्ध विमानस्थल, जेठदेखि नियमित उडान गर्ने

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयभन्दा ५ वर्ष ढिला गरी निर्माण सम्पन्न भएको छ ।  विमानस्थलको निर्माण कार्य सकिएकाले अब भोलि शुक्रवारबाट क्यालिब्रेसन फ्लाइट हुनेछ ।  यो विमानस्थल तीन महिनापछि नियमित सञ्चालनमा आउने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।  प्राधिकरणले विमानस्थल तयार भएकाले बिहीवार नै थाइल्यान्डबाट एरो थाइको जहाज काठमाडौं आएर भैरहवा गएको छ । उक्त जहाजले शुक्रबारदेखि डेढ सातासम्म क्यालिब्रेसन फ्लाइट गर्ने भएको छ ।  उक्त विमानस्थलबाट आगामी तीन म...

सम्बन्धित सामग्री

गौतमबुद्ध विमानस्थलबाट आजदेखि पुनः नियमित अन्तर्राष्ट्रिय उडान सुरु

काठमाण्डाै - गौतमबुद्ध विमानस्थल भैरहवाबाट आजदेखि पुनः नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । अन्तर्राष्ट्रिय उडान गर्दै आएको कुवेतको जजिरा एअरवेजले गएको पुस ६ गतेदेखि खराब मौसमका कारण उडान स्थगित गरेको थियो । कुवेतबाट आज बिहान ६६ जना यात्रु लिएर आएको जजिराको विमान बिहान ८ बजेर ५ मिनेटमा ९९ जना जना यात्रु लिएर उडेको छ । अब आकाश खुल्न थालेकाले भैरहवा उडान सहज भएको र जजिराले अब हप्तामा तीन दिन मङ्गलवार, बिहीवार र शनिवार नियमित उडान गर्ने विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिनुभयो । त्रिभुवन अन्तर्...

गौतमबुद्ध विमानस्थल : क्यालिब्रेशन उडान गर्न एरो थाइको टोलीले निरीक्षण गर्दै

काठमाडौं । ९९ प्रतिशत काम सम्पन्न भइसकेको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन उडान गर्ने तयारीका लागि बुधवार एरो थाइको टोली पुग्दै छ । क्यालिब्रेशन उडानको मिति पटकपटक सारिँदै आएकोमा सोमवार एरो थाइका चार जनाको टोली आएसँगै अब क्यालिब्रेशन उडान हुने निश्चित देखिएको छ । थाइल्यान्डको एयरलाइन्स एरो थाइको चार जनाको टोली सोमवार नेपाल आइसकेको र बुधवार (आज) भैरहवास्थित विमानस्थलमा आइपुग्ने गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । एरो थाइको टोलीले ग्राउन्ड बेस, धावनमार्ग, बिल्डिङ, इक्वीपमेन्ट, लाइटिङलगायत पक्षहरूको निरीक्षण गर्ने तयारी रहेको उनले जानकारी दिए । यससँगै उक्त टोलीले क्यालिब्रेशन उडानको मिति तय गरेर स्वदेश फर्किने कार्यक्रम रहेको दाहालले बताए । क्यालिब्रेशन फ्लाइट (उडान) धावनमार्ग सही छ वा छैन, लाइटिङ प्रणाली, हवाई सञ्चार अर्थात् टावर कम्युनिकेशन, ल्यान्डिङलगायतमा कुनै समस्या छ वा छैन र राडारहरूको पोइन्ट स्पष्ट देखिन्छ कि देखिँदैन भन्नेलगायत विषय पत्ता लगाउन गरिन्छ । क्यालिब्रेशन उडान गर्ने एयरलाइन्स अर्थात् एरो थाइले उडानसम्बन्धी प्रतिवेदन पनि दिनुपर्छ । यस्तो उडानमा कुनै समस्या तथा कमजोरी भएमा सुधार गरेपछि मात्रै परीक्षण उडान हुने र त्यसलगत्तै मात्रै नियमित उडान विमानस्थलबाट हुन्छ । कोरोना भाइरसका कारण विमानस्थल आयोजना निर्माण नै केही समयपछि धकेलिएको थियो भने कोरोनाकै कारण क्यालिब्रेशन उडानमा पनि ढिलाइ हुँदै आएको थियो । अहिले ओमिक्रोनको ग्राफ उच्च भएका बेला एरो थाइको टोली नेपाल आएको छ । जग्गा मुआब्जा तथा विमानस्थल विस्तार लगायतमा हालसम्म रू. २८ अर्ब खर्च भएको उक्त विमानस्थलमा नियमित उडान भएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हुँदै आएको चाप कम हुने अपेक्षा सरकारको छ । चार्टर्ड उडानको भाडादर छानविन गर्न समिति गठन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तरराष्ट्रिय यात्रु चार्टर्ड उडानमा तोकिएभन्दा बढी हवाई भाडादर लिएको गुनासो हालसम्म पनि आएको भन्दै त्यसको छानविन गर्न छानविन समिति गठन गरेको छ । यसअघिको समितिले थप छानविन गर्न सिफारिश गरिएका विषयमा स्पष्टीकरण सोध्न र थप छानविन गर्न भन्दै मन्त्रालयले पुनः समिति गठन गरेको हो । मन्त्रालयले यसका लागि मर्कामा परेका यात्रुहरूको गुनासो संकलन गर्ने भएको छ । मन्त्रालयले सूचना जारी गर्दै अन्तरराष्ट्रिय यात्रु चार्टर्ड उडानमा तोकिएकोभन्दा बढी हवाई भाडादर तिर्न बाध्य भई मर्कामा परेका यात्रुहरूको गुनासो संकलन गर्ने जानकारी दिएको छ । बढी हवाई भाडादर तिर्न बाध्य भएका यात्रुहरूले आफ्नो पीरमर्का खुलाई पुनः गुनासो गर्न मन्त्रालयको इमेल इन्फो एटदरेट टुरिजम डट जीओभी डट एनपीमा निवेदन दिन सक्ने उल्लेख गरिएको छ । मन्त्रालयले त्यस्ता यात्रुले आधिकारिक कागजातसहित ७ दिनभित्र निवेदन इमेल गर्न आग्रह गरेको छ । कोभिड संक्रमणको पहिलो चरण (२०७६ चैत ११)को बन्दाबन्दी घोषणा भएपछि सरकारले अलपत्र परेका व्यक्तिहरूलाई स्वदेश फर्काउन सहजीकरण गर्ने उद्देश्यले यात्रु चार्टर्ड उडानको व्यवस्था गरेको थियो । त्यसक्रममा यात्रुहरूले हवाई भाडा सम्बद्ध एयरलाइन्सहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणमा पेश गरेको हवाई भाडाभन्दा बढी लिएको गुनासो आएको थियो । विभिन्न गुनासोको सम्बोधन गर्न मन्त्रालयले यसभन्दा अघि हवाई भाडादर छानविन समिति गठन गरेको थियो ।

गौतमबुद्ध विमानस्थल परीक्षण उडानको प्रतिक्षामा(फोटो फिचर)

३ माघ,बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान) का लागि तयार भएको छ । पटक–पटक म्याद थप्दै यसअघि सन् २०२० को शुरुमा नियमित उडान गर्ने भनिएको यो विमानस्थलमा कोरोना महामारीका कारण उपकरण जडानमा ढिलाई भएकाले परीक्षण उडानमा ढिलाइ भएको हो । तर अहिले सबै उपकरणहरु जडान भइसकेकाले परीक्षण उडानका लागि तयारी अवस्थामा रहेको […]