अब अन्य घुस प्रकरण पनि सार्वजनिक हुँदै जान्छन् : मन्त्री किराती

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थलको जस्तै अन्य घुस प्रकरणहरू पनि सार्वजनिक हुँदै जाने बताउनुभएको छ । शुक्रवार काठमाण्डौमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किराँतीले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रीलाई पैसा बुझाउनुपर्ने भन्दै विदेशी वायु सेवा कम्पनीसँग घुस मागेकाले त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरिएको बताउनुभयो । महाप्रबन्धक ठाकुरले थाई स्माइल एअरलाइन्ससँग मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौँ रुपैयाँ घुस ल...