इलाम : इलामको उच्च पहाडी क्षेत्रको मुख्य नगदेबाली मटरखेती रोपणमा किसानको आकर्षण घट्दै गएको छ।बढ्दो रोग र श्रमशक्तिको अभावमा किसानले मटर रोप्न छोडेका हुन्। २ हजार २ सय मिटर उचाइमाथिका लेकाली क्षेत्रमा साउनमा मटर रोपिँदै आएको थियो।साउनमा रोपिएको मटर कात्तिकदेखि मंसिर अन्तिमसम्म बजारमा खरिद बिक्री हुन्छ। लेकाली क्षेत्रको मुख्य आयस्रोत बनेको मटरखेती अहिले भने खस्कँदै गएको छ। इलामका विभिन्नज क्षेत्रका किसानहरुले व्यवसायिक रूपमा गर्दै आएको मटर खेती अहिले छाड्दै गएका छन्।रोपेको ९० दिनमैं लटरम्म फल