धनकुटाको पाख्रिबास नगरपालिका–८, १० र सहिदभूमि–५ का स्थानीयले खानेपानी आयोजनाको विरोध गरेका छन् । यहाँका स्थानीयले पिउन तथा सिँचाइका लागि प्रयोग गर्दै आइरहेको भूल्के मुहानको पानी समन्वय नगरी पाख्रिबास नगरपालिकाले बृहत् खानेपानी योजनाका लागि ठेक्का लगाएको भन्दै भूल्केबासीले विरोध गरेका हुन् । पाख्रिबास नगरपालिका–८ र १० को सिमानामा पर्ने भूल्के मुहानबाट खानेपानी पम्पिङ गरी पाख्रिबास […]