आगामी ३ दिन भारी वर्षा हुने, उच्च शतर्कता अपनाउन विज्ञको आग्रह

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेका छन् ।  बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च शतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेका हुन् । उनले आगामी तीन दिन तराईका सबै जिल्लाहरुमा र गण्डकी प्रदेशमासमेत भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिनसक्ने बताए । उनले भने  ‘तराईका लगभग सबै खोलाहरुमा बाढी आउने भनेर पूर्वानुमान गरेका थियौँ । सायद पूर्वदेखि पश्चिमसम्म अहिले भएको अवस्था छ । भोलिसम्मै तराईको लगभग सबै खोलाहरु र गण्डकी प्रदेश सम्म अझ भारी वर्षा हुने देखिएको अवस्था छ । खोलाको जलस्तर बढेर अझ डुबान र बाढीले समस्या दिने छ । मनसुन शुरु भएदेखि हामीले एनसेलबाट १३ लाख ९१ हजार र एनटिसीबाट ५ लाख ६२ हजार गरेर प्रभावित हुने क्षेत्रहरुमा २० लाख हामीले एसएमएस गरिसकेको अवस्था छ । हिजो रातिदेखि हामीले धेरै खोलाहरुमा बाढी आउँछ भनेर गरेको । हिजो रातिदेखि १० लाख मानिसलाई एसएमएस गरेर खबर पु¥याइदिइसकेका छौँ । यो तीनदिन भारी वर्षा हुनेछ देशभर । भारी वर्षाका कारण खोलानाला बढ्न गई कुन कुन खोला के हुन्छ भन्ने सम्बन्धित निकायलाई जानकारी गराइसकेको अवस्थामा हाम्रो एउटा अनुरोध चाहीँ के छ भने सबै निकायहरुलाई रेगुलर बुलेटिन बाहेक विशेष बुलेटिन निकालेको अवस्थामा चाहीँ शतर्क भइदिनु होला । किनकी विशेष बुलेटिन भनेको चाहीँ हुन्छ भन्ने नै हो ।’उनले विभागले मौसम सम्बन्धी निकाल्ने नियमित बुलेटिन बाहेक विशेष बुलेटिन निकालेको अवस्थामा अझ शतर्क हुन आग्रह गरे ।

सम्बन्धित सामग्री

आगामी तीन दिन देशभर भारी वर्षा, उच्च शतर्कता अपनाउन विज्ञको आग्रह

उनले आगामी तीन दिन तराईका सबै जिल्लाहरुमा र गण्डकी प्रदेशमासमेत भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिनसक्ने बताए।...

आगामी तीन दिन भारी वर्षा हुन्छ, उच्च सतर्कता अपनाउनूः महानिर्देशक जोशी

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेका छन्। बुधबार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च शतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेका हुन्। उनले आगामी तीन […]

आगामी तीन दिन भारी वर्षा हुने, उच्च शतर्कता अपनाउन विज्ञको आग्रह

बुधबार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च शतर्कता अपनाउन आम नागरिकलाई आग्रह गर्नुभएको हो ।

मुसलधारे वर्षाको सम्भावना- दुई दिन उच्च शतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अरब सागरमा विकसित भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को प्रभावले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने भन्दै शतर्कता अपनाउन आग्रह गरेको छ । विभागले केही स्थानमा अति भारी वर्षा पनि हुने भएकाले नदीहरुमा आकस्मिक बाढी आउने, केही नदीहरुको बाढी सतर्कताको तहसम्म पुग्ने भन्दै …