तरुण दलले राष्ट्रिय मेलमिलाप दिवसमा देशभर कार्यक्रम गर्ने

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले राष्ट्रिय मेलमिलाप दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । तरुण दलका अध्यक्ष एवं काँग्रेस केन्द्रीय सदस्य जितजङ्ग बस्नेतले बुधबार एक विज्ञप्ति जारी गरी नेपाली काँग्रेस र सिङ्गो देशको राजनीतिक इतिहासमा एउटा स्वर्णिम र ऐतिहासिक दिन पुस १६ गते देशभर राष्ट्रिय मेलमिलाप दिवस मनाउने जनाइएको हो । “राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पार्टीले आयोजना गर्ने कार्यक्रममा सहकार्य गर्दै सङ्गठनका तर्फबाट थप अतिरिक्त रचनात्मक र अन्य कार्यक्रम