बेवारिसे शव व्यवस्थापन गरी चर्चा कमाएका विनयजंग बस्नेत पक्राउ

पशुपति आर्यघाटमा बेवारिसे शवहरूको व्यवस्थापन गरी चर्चामा आएका विनयजंग बस्नेत पक्राउ परेका छन् । बेवारिसे शवहरू जलाउने क्रममा उनकै सहयात्री रहेकी सपना रोका मगरको उजुरीमा प्रहरीले बस्नेतलाई गोंगबुबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । विनयले आफूमाथि दुर्व्यवहार गरेको भन्दै सपनाले परिसरमा उजुरी दर्ता गरेकी थिइन् । सपनालाई बीबीसीले विश्वका सय महिलाको सूचीमा समावेश गरेको थियो ।