महाधिवेशनमा साझा उम्मेदवार ल्याउने घोषणा गर्दै कांग्रेसको संस्थापन इतर समूह

कांग्रेसको संस्थापन इतर समूहले साझा उम्मेदवार लिएर महाधिवेशनमा जाने घोषणाको तयारी गरेको छ । आज सानेपामा पत्रकार सम्मेलन गरेर महाधिवेशनमा संस्थापन इतरको साझा उम्मेदवार बनाउने घोषणा गर्न लागेको हो । संस्थापन पक्षसँग असहमत रहेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अहिलेसम्म साझा उम्मेदवार तय गर्न भने सकेको छैन ।  ‘महाधिवेशनमा संस्थापन इतर समूहको साझा उम्मेदवार हुन्छ भन्ने घोषणा गर्न लागेको हौ । वडा अधिवेशन शुरू हुनु अगाडि यो जानकारी गराउन पनि आवश्यक हुन्छ । तर, अहिल्यै को उम्मेदवार हुने भन्ने टुंगो लागे...