राजस्व अनुसन्धान विभागले शहरी क्षेत्रका मालपोत कार्यालयहरुसँग घरजग्गा कारोबारको विवरण मागेको छ । घरजग्गाको मूल्य बढी भएको तर पुँजीगत लाभकर छली भएको आशंकाले विभागले शहरी क्षेत्रका मालपोत कार्यालयहरुसँग कारोबारको सम्पूर्ण विवरण मागेको हो ।घरजग्गा कारोबारमा पुँजीगत लाभकर छलिएको उजुरी समेत परेपछि विभागले यस्तो विवरण मागेको हो । केही कारोबारमा पुँजीगत लाभकर छलिएकै पाइएपछि थप विवरण माग गरिएको विभागका महानिर्देशक झलकराम अधिकारीले बताए ।‘ठूला कारोबार र उच्च मूल्यका शहरी क्षेत्रका कारोबारमा प