काठमाण्डौ – विकास र समृद्धिको यात्रामा पछाडि परेको कर्णाली प्रदेशको संस्थापक मुख्यमन्त्री महेन्द्रबहादुर शाही प्रतिस्पर्धाको राजनीतिमा तेस्रो जित निकाल्दै सङ्घीय सांसदमा चुनिनुभएको छ ।
नेकपा (माओवादी केन्द्र)का प्रभावशाली युवा नेता शाहीले चलचल्तीको भाषामा ‘ह्याट्रिक’ गर्नुभएको छ । उहाँले २०७० मा संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यस्तै, २०७४ सालमा कालीकोटबाट प्रदेशसभा सदस्यका रुपमा निर्वाचित भइ कर्णाली प्रदेशको संस्थापक मुख्यमन्त्री बन्ने अवसर पाउनुभयो । यसपटक यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभ...