मनमोहक आमायांग्री [फोटोफिचर]

वरिपरि लोभलाग्दो हिमश्रृंखला, फराकिलो घना जंगल, बौद्ध मन्त्र लेखिएका दर्ज्यूका ध्वजापताका । कलात्मक मानेर्छ्योतेन् र मनमोहक आमायांग्रीको गुम्बा । हृयोल्मोभूमिमा हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाकाको सीमाभेगस्थित लोभलाग्दो भूगोलकी धनी महादेवी आमायांग्रीक्षेत्र पुग्दा जोकोही यहाँको सुन्दरता देखेर चकित पर्छन् ।