ली चान्सु भक्तपुर दरबारक्षेत्रमा, तस्वीरहरू

काठमाडौं :  जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले भक्तपुर दरबारक्षेत्रको अवलोकन गरेका छन्।सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार काठमाडौं आएका उनी बुधबार भक्तपुर पुगेका हुन्। चार दिने नेपाल भ्रमणमा आएका अध्यक्ष चान्शु बिहीबार बिहान स्वदेश फर्कने कार्यक्रम छ। नेपाल भ्रमणका क्रममा उनी राष्ट्रपति नेपाली राजनीतिक दलका शीर्ष नेता लगायतसँग भेटवार्तामा व्यस्त छन्।

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारीसँग भेट्न शीतल निवास पुगे चिनियाँ नेता ली

२९ भदौ, काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । राष्ट्रपति भण्डारीसँग भेट्‍न आज अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु पुगेका हुन् । त्‍यसअघि बिहान ९:३० बजे अध्‍यक्ष लीसहितको चिनियाँ प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाहरूको अवलोकन […]

भक्तपुरमा चिनियाँ नेता ली चान्सु

२९ भदौ, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले भक्तपुर भ्रमण गरेका छन् । आज (बुधबार) बिहान भक्तपुर दरबार स्क्वायर पुगेका उनले अवलोकनमा एक घण्टा बिताए । उनले भक्तपुरका ऐतिहासिक सम्पदाका बारेमा जानकारी लिँदै अवलोकन गरेका थिए । उनले भक्तपुरमा मनाइने जात्राको तस्वीर अभिरुची पूर्वक हेर्दै त्यसबारे चासो राखेका थिए ।