काठमाण्डाै – प्रधानमन्त्री देउवाले संविधान सभाका अध्यक्षसमेत रहनुभएका एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले संविधानको गलत व्याख्या गरेको आरोप लगाउनुभएकाे छ ।
प्रतिनिधि सभामा दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाका जवाफ दिँदै प्रधानमन्त्री देउवाले संविधानको धारा ७६ (५) बारे अरूलाई भन्दा नेम्वाङलाई बढी थाहा भए पनि उहाँले त्यसको व्याख्या गलत ढङ्गले गरेको तर्क गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘विपक्षी दलका नेता हुनुहुन्न । पूर्व सभामुख नेम्वाङ पनि आफूले बोलेको जवाफ नसुनी ह...