काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलाे ६ महिनामा मूल्य वृद्धि ५ दशमलव ६५ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएकाे छ । अघिल्लो वर्षको ६ महिनामा यस्तो मूल्य वृद्धि ३ दशमलव ५६ प्रतिशत रहेको थियो ।
६ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ४ दशमलव २ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ६ दशमलव २३ प्रतिशत रहेको छ ।
२०७७ पुसको तुलनामा २०७८ पुसमा घिउ तथा तेलमा २१ दशमलव २२ प्रतिशत, यातायातमा १४, मदिराजन्य पेय पदार्थमा ११ दशमलव ३७, सुर्तीजन्य वस्तुमा साढे १० र दाल तथा गेडागुडी उपसम...