दुई घण्टा ढिला गरी प्रधानमन्त्री देउवाको शपथ सुरु

काठमाडौँ। प्रधानमन्त्रीमा शेरबहादुर देउवाको शपथ सुरु भएको छ । नेपाली काँग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको वक्तव्यमा विवाद देखिएपछि शपथ ग्रहण कार्यक्रम ढिला गरी सुरु भएको छ । ६ बजे सुरु हुने भनिएको शपथ कार्यक्रम ८ बजेपछि मात्र सुरु भएको हो ।