शुक्रबार राति नेदरल्याण्ड र अर्जेन्टिनाबीचको रोमाञ्चक खेलमा विश्वकपका कुनै पनि खेलमा सबैभन्दा धेरै पहेँलो कार्ड देखाइएको रेकर्ड बनेको छ । सो खेलमा कूल १८ वटा पहेँलो कार्ड देखाइएको थियो । यसअघि पोर्चुगल र नेदरल्याण्डबीच सन् २००६ मा भएको अन्तिम १६ को खेलमा १६ वटा कार्ड देखाइएको थियो । खेलमा चारजनाले मैदान छाड्न परेको थियो । सन् २०१० को विश्वकप फाइनलमा स्पेनले नेदरल्याण्डलाई हराउँदा १४ वटा कार्ड देखाइएको थियो ।शुक्रबारको खेलमा ८ वटा कार्ड नेदरल्याण्डका खेलाडी, ८ वटा अर्जेन्टिनाका खेलाडी र दुईव