कैलालीमा थप चारजना संक्रमितको मृत्यु

काठमाडौं : कैलालीमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। दुई जनाको धनगढीस्थित सेती अस्पतालमा र दुई जनाको प्राइभेट अस्पतालमा मृत्यु भएको हो। सेती अस्पतालमा १७ वर्षीय पुरुष र ३५ वर्षीया महिलाको मृत्यु भएको  जिल्ला प्रशासन कार्यलय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। यस्तै  धनगढी स्थित एक प्राइभेट अस्पतालमा ७८ वर्षिया वृद्धा र एक पुरुषको मृत्यु भएको जोशीले बताए। 

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बाँकेमा थप चार संक्रमितको मृत्यु

बाँकेमा थप चार संक्रमितको मृत्यु भएको छ। योसँगै बाँके जिल्लाका १२६ र बाहिरी जिल्लाका बाँकेमा उपचाररत १२० जना संक्रमितको मृत्यु भएको छ।

बिपी प्रतिष्ठानमा दुई संक्रमितको मृत्यु

धरान। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार एकै दिन मोरङ र जनकपुरका दुई संक्रमितको मृत्यु भएको हो। संक्रमणबाट विराटनगर–१२ का ७५ वर्षीय वृद्ध र धनुषाका ४८ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।