भैरहवा– नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रले २५१ ग्राहकको नामावली कालोसूचीमा राखेको छ । पटकपटक ताकेता गर्दासमेत बक्यौता नतिरेको भन्दै उनीहरूलाई कालोसूचीमा राखेको हो । भैरहवा वितरण केन्द्रअन्तर्गत भैरहवा र लुम्बिनी क्षेत्र पर्छ । चालू वर्षमा मात्रै एक हजार नौ सय १२ ग्राहक थपिएसँगै ग्राहक संख्या बढेर ७९ हजार चार सय ४६ पुगेका छ । […]