हेटौँडामा भोलिदेखि निजी विद्यालय खुल्ने

हेटौँडा : निजी तथा आवसीय विद्यालय अर्गनाईजेसन प्याब्सन मकवानपुरले भोलि देखि हेटौँडा उपमहानगरपालिका भित्रका निजी विद्यालयहरु खोल्न अनुरोध गरेको छ। प्याब्सन मकवानपुर र प्याब्सन हेटौँडा उपमहानगरपालिकाले संयुक्त रुपमा आज एक सूचना जारी गर्दै हेटौँडा उपमहानगरपालिका भित्र घाम लागेको र वातावरण अनुकुल बन्दै गएको भन्दै भोलिदेखि विद्यालय खोल्न अनुरोध गरेको हो।…

सम्बन्धित सामग्री

‘भेन्टिलेटर भएको भए मेरो सालो बाँच्नेथियो’

भेन्टिलेटरको अभावमा हामीले आफ्नो एक जना युवा उमेरको आफन्त गुमाउनुपर्‍यो । सरकारले उपचार नपाएर कोही पनि मर्नु नपर्ने भने पनि गाउँठाउँमा स्वास्थ्य उपकरण वा दक्ष जनशक्तिको अभावमा अहिले पनि ज्यान गुमाउनुपर्ने घटना उत्तिकै छन् ।

काठमाडौँमा असोज १ गतेबाट विद्यालय खुल्ने

काठमाडौँ- असोज १ गतेबाट काठमाडौँका सामुदायिक तथा निजी विद्यालय सञ्‍चालनमा आउने भएका छन् । सोमबार काठमाडौँ महानगरपालिकालगायत अन्य स्थानीय तहसँगको छलफलमा विद्यालय खोल्न दिने निर्णय भएको हो । नगरपालिकाको शिक्षा महाशाखाले कोभिडको अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने गरी सहमति भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख …

सुर्खेतमा आइतबारबाट विद्यालय खुल्ने

१८ भदौ, सुर्खेत । आइतबारदेखि सुर्खेतका सामुदायिक तथा निजी विद्यालय खुल्ने भएका छन् । शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिले कोरोना महामारीका कारण कारण लामो समयदेखि बन्द भएका विद्यालय आइतबारदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोनाको जोखिम नरहेका क्षेत्रमा भदौ २२ गतेदेखि र अन्य ठाउँमा २६ गतेसम्ममा विद्यालय खोल्ने निर्णय गरिएको सुर्खेतका प्रमुख […]

एक हजार निजी विद्यालय बन्द हुन सक्ने

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय पूरै बन्द हुने जोखिममा छन् । निजी विद्यालयका संस्थामा आबद्ध नभएका तथा थोरै विद्यार्थी भएका विद्यालयहरू अब पूर्ववत् रूपमा खुल्न नसक्ने सम्बद्ध क्षेत्रको आकलन छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरी कम विद्यार्थी भएका एक हजार जति विद्यालय बन्द हुनसक्ने बताउनुहुन्छ । १० महिनादेखि विद्यालय बन्द भएको, भाडा तिर्नु पर्दा खर्च बेहोर्न नसकेका कारण विद्यालय बन्द हुने अवस्था देखिएको उहाँको भनाइ छ । हाल विद्यालय खुल्ने क्रम सुरु भएकाले माघसम्ममा कति विद्यालय बन्द भए भन्ने यकिन विवरण आउने र आफूहरूले पनि विवरण अद्यावधिक गर्न पहल गरिरहेको उहाँले जानकारी दिनुभयो । बन्द हुने अवस्थामा रहेका धेरै विद्यालयले सरकार तथा निजी विद्यालयका संस्थालाई जानकारी दिँदा धेरै प्रक्रिया पूरा गर्नुपर्ने भएका कारण आफूखुसी बन्द गर्ने क्रम देखिएको