पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबारदेखि यान्त्रिक उडान

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबारदेखि यान्त्रिक उडान सुरु हुने भएको छ । करिब एक सातासम्म हुने यान्त्रिक उडानका लागि थाइल्यान्डको एरो–नटिकल रेडियो अफ थाइल्यान्ड (एरोथाई)को जहाज पोखरा पुगिसकेको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सोमबारदेखि परीक्षण उडान थाल्ने एरोथाईको टोलीले सात दिन पोखराको आकाशमा उडेर त्यहाँ जडान भएका उडानसम्बन्धी उपकरण तथा प्रविधिको जाँच गर्नेछ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले पुस १७ गतेदेखि नियमित उडान सुरु गर्ने लक्ष्य लिएको यो विमा