हेटौंडा : देश संघीयतामा गएपछि ४ मंसिरमा दोस्रो पटक प्रदेशसभा निर्वाचन भयो। निर्वाचनबाट बागमती प्रदेशसभामा ६६ जना प्रत्यक्ष र ४४ जना समानुपातिकबाट प्रदेशसभा सदस्य निर्वाचित भए। तीमध्ये १९ जना प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनबाट दोस्रो पटक निर्वाचित भएका छन् भने करिब ४५ वटा नयाँ अनुहारले संसदमा प्रवेश पाएको छ।२०७२ सालमा संविधान जारी भएपछि देश पहिलोपटक संघीयतामा गएको थियो। ०७४ सालमा भएको निर्वाचनबाट पहिलोपटक मुलुकले ३ तहको सरकार पाइरहँदा प्रदेश सरकार नौलो थियो। जसप्रति जनताको आशा र भरोस