काजकिस्तानको औद्योगिक क्षेत्र कारागान्डामा रहेको एक कोइलाखानीमा विस्फोट हुँदा छ जना कामदारको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन् ।
घाइतेहरुको अवस्था गम्भीर रहेको कम्पनी र आपतकालीन मन्त्रालयले जानकारी दिएको छ ।
मध्य एसियाली यस देशमा रहेको सो खानीमा आइतबार बिहान अचानक विस्फोट भएका थियो । दुर्घटना भएको अवस्थामा ६४ जना कामदार खानीभित्र रहेका र ५६ जना भने बाहिर निस्कन सफल भएका थिए ।
आपतकालिन मन्त्री युरी इलिनको नेतृत्वमा सरकारी आयोग घटनास्थलमा पठाइएको जनाइएको छ ।
पूर्व सोभियत देशहरुमा कम...