अभिनेत्री गहना वशिष्ठको जमानत याचिका अदालतले अस्वीकार गरेको छ । अश्लिल भिडियो मामिलामा पक्राउ पर्ने डरले अग्रीम जमानत मागेकी गहनाको जमानत मुम्बईको एक सत्र अदालतले अस्वीकार गरेको हो । एक मोडलले शिल्पा शेट्टीका श्रीमान राज कुन्द्राको कम्पनी र गहना वशिष्ठका ३ देखि ४ निर्माता विरुद्ध मालवानी पुलिस स्टेशनमा एफआइआर दर्ता गरेकी थिइन् । पुलिस स्टेशनमा दर्ता भएको उक्त मुद्दा समेत अहिले मुम्बई क्राइम ब्रान्चमा पुगेको छ ।गहना फेब्रुअरी महिनामा पनि अश्लिल भिडियो छायाँकन र प्रसारणको मामलामा पक्राउ परेकी थिइन