विराटनगरमा ३ अर्ब लगानीमा पाँच तारे हाेटल ‘र्‍याडिसन’ सञ्चालन हुने

विराटनगर- प्रदेश १ काे राजधानी विराटनगरमा आन्तरिक पर्यटकसँगै विदेशी पर्यटकलाई लक्षित गरी पाँच तारे होटल सञ्चालनमा आउने भएको छ। विराटनगरमा होटल ह्यारिसन सञ्चालनको सफलतासँगै उद्योगी एवं राजनीतिज्ञ मोतीलाल दुगडले होटल क्षेत्रमा स्थापित र्‍याडिसनसँग सहकार्यमा र्‍याडिसन होटल खुल्ने जानकारी दिए। पछिल्लोसमय शैक्षिक, चिकित्सा क्षेत्र, पर्यटकीय, राजनीतिक थलोबाट जरा गडेको विराटनगरमा स्तरीय ब्राण्डेड होटलको आवश्यकतालाई मध्यनजर गर्दै […]

सम्बन्धित सामग्री

रूपन्देहीमा खुल्दै पहिलो चार तारे चेन होटल: पूर्वाधारमा मात्रै ५२ करोड लगानी

रुपन्देही । रुपन्देहीमा करिब ५२ करोडको पूर्वाधार लगानीमा चारतारे होटल निर्माण भइरहेको छ । ३८ मुलुकमा १६० वटा होटल सञ्चालन गरिरहेको लुभर होटल्स ग्रुपले रुपन्देहीको ओमसतिया गाउँपालिका कोटिहवामा चार तारे सानिभा इन बुटिक होटल एण्ड स्पा निर्माण गरिरहेको हो । गुणस्तरीय सेवासहित चेन होटल विस्तार तीब्र पारेको लुभर होटल्स ग्रुपले गोल्डेन टुलिप ब्रान्डमा सरोवर होटल […]

३ अर्ब लगानीमा विराटनगरमा सेञ्चुरियन मल

पूर्वउद्योग राज्यमन्त्री, सांसद तथा उद्योगी मोतिलाल दुगडले ३ अर्ब लगानीमा विराटनगरमा सेञ्चुरीयन मल सञ्चालन गर्ने भएका छन् ।सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उद्यागी दुगडले चाँडै विराटनगरमा ३ अर्बको लगानीमा बनेको मलमा पाँच तारे होटल सेञ्चुरीयन सञ्चालनमा ल्याउने बताए । उद्योगी दुगडले प्रदेश एकमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मलमा पाँच तारे होटलसहित एउटै छानामुनी कर्पोरेट, कमर्सियल, […]

तीन अर्ब लगानीमा सेञ्चुरियन मल खोल्दै गर्दै पूर्व उद्योग राज्यमन्त्री दुगढ

काठमाडौँ । पूर्व उद्योग राज्यमन्त्री मोतीलाल दुगडले तीन अर्ब लगानीमा विराटनगरमा सेञ्चुरियन मल सञ्चालन गर्ने भएका छन् । सोमवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा पूर्व राज्यमन्त्री दुगडले चाँडै विराटनगरमा ३ अर्बको लगानीमा बनेको मलमा पाँच तारे होटेल सेञ्चुरियन सञ्चालनमा ल्याउने बताए । उद्योगीसमेत रहेका दुगडले प्रदेश एकमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मलमा पाँच तारे होटेलसहित एउटै […]

डेढ अर्बमा मौलाकालिका केबलकार र तारे होटल

डेढ अर्ब लगानीमा गैंडाकोटको मौलाकालिका केबलकार र तारे होटल निर्माण सुरु गरेको आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकाल सातै प्रदेशमा केबलकार सञ्चालन गर्ने महत्वाकांक्षी योजना लिएर अघि बढेका छन्।

५० करोड लगानीमा बुटिक होटेल

रूपन्देहीको बुटवलस्थित मिलनचोकमा ५० करोड लगानीमा पहिलो बुटिक होटेलका रूपमा ड्रिम इन्टरनेसनल होटेल सञ्चालन भएको छ ।जिल्लाको मणिग्राममा चार तारे होटेल ड्रिम ल्यान्ड गोल्ड रिसोर्टसमेत सञ्चालन गरिरहेका व्यवसायी गोपाल रानाले एकल पारिवारिक लगानीमा ४० कोठासहितको होटेल सञ्चालनमा ल्याएका हुन् । साढे चार कठ्ठा जग्गामा नेपालीपन झल्किने गरी बनेको सो तीन तारेस्तरको होटेल हो ।होटेलमा ४ […]

बुटवलमा ५० करोड लगानीमा बुटिक होटेल

बुटवल ।  रुपन्देहीको बुटवलस्थित मिलनचोकमा रु ५० करोड लगानीमा पहिलो बुटिक होटेलका रुपमा ड्रिम इन्टरनेसनल होटेल सञ्चालन भएको छ ।जिल्लाको मणिग्राममा चार तारे होटेल ड्रिम ल्यान्ड गोल्ड रिसोर्टसमेत सञ्चालन गरिरहेका व्यवसायी गोपाल रानाले एकल पारिवारिक लगानीमा ४० कोठासहितको होटेल सञ्चालनमा ल्याउनुभएको छ । साढे चार कठ्ठा जग्गामा नेपालीपन झल्किने गरी बनेको सो तीन तारेस्तरको होटेल […]

काठमाडौँमा खुल्यो ५ सय करोड लगानीको ५ तारे होटल ‘हायात प्लेस’

अमेरिकी चेन होटल ब्राण्ड हायात प्लेस काठमाडौँमा खुलेको छ । गोल्यान समूहको लगानीमा सोल्टी मोडमा खुलेको होटल हायात प्लेसले औपचारिक सेवाको सुरुवात भने कार्तिक २९ गते हरिबोधनी एकादशीको दिनबाट गर्नेछ ।६९ देशका ३८५ गन्तव्यमा हायात प्लेसका १ हजार होटल छन् । काठमाडौँमा पवन गोल्यान नेतृत्वको गोल्यान समूहले १५३ कोठासहितको होटल सञ्चालनमा ल्याएको हो । २४ सैँ घण्टा सेवा उपलब्ध हुने दाबी गरिएको यो होटलमा १५० कर्मचारी छन् । सम्पूर्ण व्यवस्थापनको जिम्मा हायातले लिएको छ । १० रोपनी क्षेत्रफलमा फैलिएको यो होटलमा सँगै अपार्टमेन्ट पनि छ । तर, अपार्टमेन्टमा भने गोल्यान परिवार मात्रै बस्दै आएको छ । बिक्रि गर्ने ४ युनिट अपार्टमेन्ट मात्रै भएकाले अहिले यसको सञ्चालन मोडल तयार भईनसकेको पवन गोल्यान बताउँछन् । ५ तारे यो होटलमा ३ वटा ‘स्वीट्स रुम’ छन्, ८ वटा ‘टियरेष्ट रुम’ छन् । ह्यात ब्राण्डकै ‘सेलेक्ट सर्भिस’ उपलब्ध गराउने यो होटलमा निकट भविष्यमा क्यासिनो पनि राख्ने योजना रहेको पवन गोल्यानका भतिजसमेत रहेका होटलका अध्यक्ष शक्ति गोल्यानले बताए । भूकम्पअघि २ वटै टावरलाई अपार्टमेन्टकै लागि बनाईएको भएपनि भूकम्पपछि भने उनै शक्ति गोल्यानको योजनामा एउटा टावरलाई होटलमा परिणत गरिएको हो । फिटनेश सेन्टर, बार, लाउन्ज, स्वीमिङसहित ५ तारे होटलमा हुनुपर्ने सबै मापदण्ड पूरा भएको यो होटलको ‘टप फ्लोर’बाट स्वयम्भू, विभिन्न हिमाल र काठमाडौँ वरिपरीका डाँडाका थुम्काहरुको दृश्यावलोकन गर्न सकिन्छ । बिहानको सुर्योदय र साँझको सुर्यास्तको दृश्य निकै मनमोहक देखिन्छ ।नेपालमा पर्यटनको अथाहा सम्भावना भएकाले विदेशबाट आउने पर्यटकलाई लक्षित गरी उत्कृष्ट सेवा दिने लक्ष्यसहित होटल सञ्चालनमा ल्याईएको व्यवस्थापन पक्षको भनाई छ । होटलमा ५ सय करोड लगानी छ ।

तारे होटेलमा ‘चेन ब्रान्ड’ थपियो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणकै बीच पाँचतारे होटेलमा अर्काे नयाँ अन्तरराष्ट्रिय चेन ब्रान्ड ‘हायात प्लेस’ थपिएको छ । व्यवसायलाई विविधीकरण गर्दै आएको गोल्यान समूहको लगानीमा काठमाडौंको सोल्टीमोडस्थित ‘हायात प्लेस काठमाडौं’ सञ्चालनमा आएको हो । पाँच तारेस्तरको उक्त होटेलको शनिवार औपचारिक उद्घाटन गरिएको छ । रू. ५ अर्ब लगानीमा उक्त होटेल निर्माण भएको हो । कोरोना भाइरस संक्रमण कायमै रहेका बेला यो होटेल सञ्चालनमा आएको छ । कोरोना भाइरस संक्रमण घट्दो र पर्यटक पनि आउन थालेको हुँदा होटेल सञ्चालनमा ल्याएको ग्रूपका अध्यक्ष पवन गोल्यानले बताए । केही समयअघि सरकारले पर्यटकका लागि नेपाल खुला गरेसँगै पर्यटकीय सिजन अक्टोबरमा नेपालमा धेरै पर्यटक आएका छन् । नेपालको पर्यटन क्षेत्रल २०१९ को अवस्थामा आइपुग्न सन् २०२५ सम्म कुर्नुपर्ने आकलन व्यवसायीहरूको रहेका बेला अन्तरराष्ट्रिय चेन ब्रान्ड होटेल सञ्चालनमा आएको छ । ‘होटेल सञ्चालन गर्न हामी २ वर्ष ढिला भइसकेका छौं,’ उनले भने, ‘होटेल निर्माण थालेको झन्डै ६ वर्ष भइसक्यो, कोरोना भाइरसका कारण २ वर्ष निर्माणमा ढिला भएको हो ।’ २०७३ मा ३ वर्षभित्र होटेल सञ्चालन गर्ने भनिए पनि कोरोनाका कारण थप २ वर्ष ढिलाइ भएको उनको भनाइ छ । चेन ब्रान्ड भएको हुँदा विदेशी पर्यटक लक्षित भए पनि यहाँ स्वदेशीहरूलाई पनि उत्तिकै प्राथमिकता दिने उनले बताए । होटेलको योजना अघि बढाउँदा रू. ४ अर्ब लगानी हुने भनिए पनि २ वर्षसम्म ढिलाइ हुँदा लागत पनि बढेको गोल्यानले बताए । सोमवारदेखि खुल्ने उक्त होटेल ५ तारे स्तरको हुनेछ भने तारा लिनका लागि होटेलले पर्यटन विभागमा निवेदन दिएको छ । १४ तले उक्त होटेलमा १५३ कोठा छन् भने रेस्टुराँ, बैंक्वेट, स्पा, फिटनेस सेन्टर, स्वीमिङ पुललगायत सभाहलसमेत रहेका छन् । सोल्टी होटेलबाट क्राउन प्लाजा बाहिरिए पनि नेपालमा अहिले सेराटन र हिल्टन चेन ब्रान्ड भित्र्याउने होटेल निर्माणाधीन छन् । म्यारियट, अलफ्टजस्ता चेन होटल थपिएका नयाँ ब्रान्ड हुन् । नेपालमा हायात रिजेन्सी, र्‍याडिसनलगायत होटेलहरू चेन ब्रान्डमा व्यवस्थापन हुँदै आएका छन् ।

नेपालगन्जमा खुल्यो सोल्टी होटल, पूर्वराजा ज्ञानेन्द्रले उद्घाटन गर्ने

नेपालको पुरानो पाँच तारे होटल सोल्टीको ब्रान्डमा पहिलोपटक काठमाडौं बाहिर चार तारे होटल सञ्चालनमा आएको छ। काठमाडौंमा होटल सोल्टी क्राउनप्लाजा सञ्चालन गरिरहेको सोल्टी होटल लिमिटेडकै लगानीमा नेपालगन्जमा चारतारे होटल सञ्चालनमा आएको हो। ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ को नामबाट सञ्चालित उक्त होटलको स्वामित्व सोल्टी इन्टरप्राइजेज र एनई ग्रुपको संयुक्त कम्पनी सिवक्रिम होटल एन्ड रिसोर्ट प्रा.लि.मा हुनेछ।…

कोहलपुरमा ५० करोड लगानीमा खुल्यो होटल ‘सेन्ट्रल प्लाजा’

४ मंसिर, काठमाडौं । पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गइरहेको कोहलपुरमा चारतारे होटल सञ्चालनमा आएको छ । कोहलपुरको महेन्द्रनगररोडमा ५० करोड लगानीमा अत्याधुनिक होटल सेन्ट्रल प्लाजा सञ्चालन आएको हो । पश्चिम नेपालको प्रवेशद्वार बाँके जिल्लाको कोहलपुरमा आज सोमबारदेखि सुविधा सम्पन्न चार तारे होटल सञ्चालनमा आएको हो । १६ रोपनी क्षेत्रफलमा फैलिएको यो …