धादिङ – शुक्रवार दिउँसो पानीसहितको हुरीबतासले नीलकण्ठ नगरपालिका १४ धुवाकोट रिमालडीको ३० वटाभन्दा बढी घरमा क्षति पुगेकाे । पानीसहित हुरीबतास चल्दा केही घरकाे छाना उडाएकाे छ भने कुखुरा फर्म र टनेलमा पनि क्षति पुगेकाे छ ।
१२ घरमा बस्न नहुने अवस्था आएको र गोठ, कुखुरा फर्म लगायत गरी ३० वटाभन्दा बढी घरमा क्षति पुगेको नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति नारायण तिमल्सिनाले जानकारी दिनुभयो । हावाहुरीले घरकाे छाना उडाएपछि केही परिवार छिमेकीकाे घरमा बस्ने अवस्था आएकाे छ ।&...