काठमाडौं। सन् २०२६ को विश्वकप तीन देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन्। विश्व फुटबल महासंघ (फिफा) को रुसमा बुधबार सम्पन्न कंग्रेसले विश्वकपको २३औं संस्करण उत्तर अमेरिकी देश अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने निर्णय गरेको छ। विश्वकपमा सहभागी टोलीको संख्या ३२ बाट ४८ हुने भएपछि अफ्रिका र एसियाली देशहरूको कोटा पनि बढ्ने निश्चित छ।