टेकुमा कोरोना संक्रमितको मात्र उपचार हुने

काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिड संक्रमितको मात्र उपचार गर्ने भएको छ। संक्रमितको संख्या बढन् थालेपछि अन्तरंग सेवा अन्तर्गत कोभिड संक्रमितको मात्र उपचार गरिने अस्पतालले जनाएको छ।अस्पतालका निर्देशक सागर कुमार राजभण्डारीले कोरोना संक्रमितका बिरामीको संख्या बढेपछि संक्रमितको मात्र उपचार गर्ने निर्णय भएको जानकारी दिए। ‘मंगलबार मात्र २१ जना संक्रमित भर्ना भएका छन्’ राजभण्डारीले भने,‘कोभिडका बिरामीलाई अहिले अरु अस्पतालले भर्ना नलिने हुँदा सबै टेकुमा आउने