छत्रदेव गाउँपालिका जसले सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अङ्ग्रेजी माध्यम सञ्चालन गर्छ

अर्घाखाँची । सामुदायिक विद्यालय २०७४ को स्थानीय तहको निर्वाचन पछि स्थानीय सरकारको मातहत गएका छन् । सामुदायिक विद्यालयको गुणस्तर सुधार्नेतर्फ कति स्थानीय तहको ध्यान गएको देखिन्छ भने कतिले ध्यान दिन सकेका छैनन् । शिक्षाको गुणस्तर सामुदायिक विद्यालयमा खस्किँदै गएको नतिजाले पनि देखिन्छ । स्थानीय सरकारले आफ्नै पाठ्यक्रम पनि निर्माण गरेर सामुदायिक विद्यालयमा कार्यान्वयनमा ल्याएका छन् […]

सम्बन्धित सामग्री

घाँस काट्ने क्रममा लडेर एकको मृत्यु

छत्रदेव गाउँपालिका ८, काफल डाँडा निवासी पदम बिकको खरबारीमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।...

अर्घाखाँचीको छत्रदेवमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ एक्सटेन्सन काउन्टर

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आइतबारदेखि अर्घाखाँचीको छत्रदेव गाउँपालिका–२ स्थित बल्कोटमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । योसँगै लुम्बिनी प्रदेशमा एक्सटेन्सन काउन्टरको संख्या ४ पुगेको बैंकले जनाएको छ । एक्सटेन्सन काउन्टरको उद्घाटन छत्रदेव गाउँपालिकाका अध्क्षय चन्द्रमान श्रेष्ठ र बैंकका अर्घाखाँची शाखा प्रमुख लक्ष्मण क्षेत्रीले संयुक्त रुपमा गरेका थिए । बैंकको एक्सटेन्सन काउन्टर […]

विद्युत महसुल नबुझाएपछि लाइन काटियो, खानेपानीको समस्या

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ७ , ८ र मालारानी गाउँपालिका को वडा नम्बर १ मा चार दिनदेखि पानीको समस्या भएको छ । करिव ३ सय घरधुरीले उपभोग गदै आएको मरेङ्ग लिफ्ट बेहोरो खानेपानी आयोजनाको विद्युत महसुल समयमा नबुझाउदा लाइन काटिएकोले पानीको समस्या भएको हो । पटक पटक जानकारी गराउदा समेत उपभोक्ता समितिले […]

अर्घाखाँचीमा बाँदर धपाउने क्रममा एक जनाको मृत्यु

३ साउन, अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ केरुगामा बाँदर धपाउने क्रममा सोमबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टङ्क खनाल रहेका छन् । बारीमा पसेको बाँदर धपाउने क्रममा खनाल घाइते भएको स्थानीय गिरिबाबु खनालले जानकारी दिए । गम्भीर घाइते उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

अर्घाखाँचीमा बाँदर धपाउने क्रममा एक जनाको मृत्यु

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ केरुगामा बाँदर धपाउने क्रममा आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टङ्क खनाल रहेका छन् । बारीमा पसेको बाँदर धपाउने क्रममा खनाल घाइते भएको स्थानीय गिरिबाबु खनालले जानकारी दिए । गम्भीर घाइते उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

अर्घाखाँचीमा बाँदर धपाउने क्रममा एक जनाको मृत्यु

अर्घाखाँची –अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ केरुगामा बाँदर धपाउने क्रममा आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टङ्क खनाल छन् । बारीमा पसेको बाँदर धपाउने क्रममा खनाल घाइते भएको स्थानीय गिरिबाबु खनालले जानकारी दिनुभयो । गम्भीर घाइते उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ मा एमाले विजयी

अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं १ मा काजीबाबु ज्ञवाली विजयी भएका छन् । नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका उनी प्यानलसहित विजयी बनेका हुन् । ज्ञवालीले ९७१ मत प्राप्त गरेर विजयी भएका हुन् ।उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रकाशराज पन्थीले ९२९ मत प्राप्त गरेका थिए ।

अर्घाखाँचीको छत्रदेवमा कांग्रेस एमालेलाई पशुपतिको चुनौती

अर्घाखाँची — जिल्लाको छत्रदेव गाउँपालिका कांग्रेसको आधार केन्द्र हो। यो पालिकामा गत स्थानीय तहको निर्वाचनमा अपवादबाहेक अधिकांश पदमा का‌ंग्रेसका उम्मेदवार निर्वाचित भएका थिए। पालिका प्रमुख र उपप्रमुखमा कांग्रेसबाट लेखनाथ पोख्रेल र तुल्सादेवी श्रेष्ठसहित दुई तिहाइभन्दा बढी स्थानमा कांग्रेस एक्लै विजयी भएको थियो। तर, यस पटक परिस्थिति बदलिएको छ। कांग्रेसले आफ्नो पेवा ठान्ने र नेकपा एमालेले […]

भारतमा आगलागीमा परेर एक नेपालीको मृत्यु

भारतमा आगलागीको घटनामा एक नेपालीको मृत्यु भएको छ।  मंगलबार हरियाणा हिसारस्थित  राम चाट भण्डारमा भएको आगलागीमा परी अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ का १४ वर्षीय भीमबहादुर कुमालको मृत्यु भएको हो । माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता मञ्चको पहलमा पीडित परिवारलाई ५ लाख भारतीय रुपैयाँ दिलाइएको जनाइएको छ ।

अर्घाखाँचीमा करेन्ट लागेर एक महिलाको मृत्यु

छत्रदेव गाउँपालिका वडा नम्बर–६, ठुलापोखराका ४८ वर्षीया कमला रानाको आफ्नै घरमा रहेको बिजुलीबाट चल्ने मकै पिस्ने जाँतो चलाउने क्रममा करेन्ट लागेर घाईते भएकी थिईन्।...