बेलायत र सहयोगी देशले रुसको कारवाहीको निर्णायक जवाफ दिनेछन् : बोरिस जोनसन

 बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेलायत र उनका सहयोगी देशले रुसको कारवाहीको निर्णायक जवाफ दिने बताएका छन् ।प्रधानमन्त्री बोरिस जोनसनले उनी युक्रेनमा जे भइरहेको छ आफू त्यसमा हैरान भएके बताएका छन् ।उनका अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै कारण बिना हमला सुरु गरेर रगत बगाउने र विनासको बाटो रोजेका छन् ।बोरिस जोनसनले आफूले युक्रेनका राष्ट्रपतिसँग कुराकानी गरेको र रुसको यो कारवाहीमा कस्तो जवाफ दिने भनेर आफ्ना सहयोगीसँग विचार विमर्श गरेर निर्णय लिइने बताएका छन् ।

सम्बन्धित सामग्री

जब बेलायती प्रधानमन्त्री अचानक युक्रेन पुगे

काठमाडौं । हालैमात्र विश्वासको मत पाएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसन शुक्रबार अचानक युक्रेनको राजधानी किभ पुगेर युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका छन् । गत फेब्रुअरीमा रुस र युक्रेन युद्ध सुरु भएयता जोनसनको यो दोस्रो युक्रेन भ्रमण हो । भेटवार्तामा बोरिसले बेलायत र नेटोले युक्रेनलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् […]