चिसाे बढेसँगै एक्लिँदै खुम्बु क्षेत्र

सोलुखुम्बु – सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बु यतिखेर सुनसान बनेको छ । उच्च हिमाली क्षेत्रका स्थानीयवासी चिसाे छल्न अन्यन्त्र जाँदा खुम्बु क्षेत्र सुनसान बनेको हो । सिजनमा पर्यटकले भरिभराउ हुने लुक्ला, नाम्चे, खुम्जुङ लगायतका क्षेत्र चिसो सुरु भएसँगै एक्लिएको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो । यहाँका मानिसहरू चिसो छल्न मङ्सिर पहिलो हप्तादेखि नै काठमाण्डाै, भारतको बोधगयालगायत नेपालका विभिन्न क्षेत्रमा जाने गरेका नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो ।...