दाङ – कोरोना भाइरसको सङ्क्रमण दर बढेसँगै दाङसहित लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पताल बिरामीले भरिएका छन् । कोरोना विशेष अस्पताल बिरामीले भरिएपछि नयाँ सङ्क्रमितले उपचार पाउन अप्ठ्यारो भएको छ ।
दाङको बेलझुण्डी, रुपन्देहीको बुटवल, भैरहवा र बाँकेको नेपालगञ्जमा रहेका कोरोना विशेष अस्पताल सङ्क्रमितले भरिएपछि नयाँ सङ्क्रमितले उपचार पाउन अप्ठ्यारो भएको हो ।
कोरोना विशेष अस्पतालबाहेक दाङको घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा पनि केही बिरामी भर्ना भएका छन् भने नेपालगञ्ज मेडिकल कलेज, युनिभर्सल ...