काठमाडौं। साताको पहिलो कारोबारको दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८ अंकले घटेको छ। दोहोरो अंकको गिरावटसँगै परिसूचक २६ सय १८ अंकमा आएर रोकिएको छ। आज, नेप्सेमा ६ अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। बजार दोहोरो अंकले घट्दा कारोबार भएका सबै १३ समूहमा गिरावट आएको छ।