काठमाडौँ : सत्तारुढ दल नेकपा माओवादी केन्द्र नेपाली कांग्रेससँगको सहकार्य नलम्ब्याउने तयारीमा लागेको छ। आगामी चुनावमा गठबन्धन नगर्ने कांग्रेस महासमिति बैठकको निर्णयले माओवादी सहकार्य नलम्ब्याउने तयारीमा लागेको हो। राष्ट्रियसभा चुनावमा कांग्रेसले धोका दिएको निष्कर्ष निकालेको माओवादीले राष्ट्रियसभाको अध्यक्ष कांग्रेसलाई नदिने बताएको छ। आज (मंगलवार) पार्टी मुख्यालय पेरिसडाँडामा बसेका स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले राष्ट्रियसभाको अध्यक्ष पार्टीले छोड्न नहुने मत राखेको पार्टीका प्रवक