सत्तागठबन्धनका शीर्ष नेताले थाले संयुक्त चुनावी प्रचार

सत्तागठबन्धनका शीर्ष नेताले संयुक्त रूपमै चुनावी प्रचार अभियान थालेका छन् । काठमाडौं २ बाट प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी प्रचार...

सम्बन्धित सामग्री

गृहजिल्लामा देउवा, डडेल्धुरामा आज दुई चुनावी सभा

डडेल्धुरा : चुनावी प्रचार-प्रसारका क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्लामा छन्। सोमबार साँझ जिल्ला सदरमुकाम आइपुगेका उनले मंगलबार यहाँ आयोजना हुने दुई चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। उनले बिहान १० बजे जिल्ला सदरमुकामको बसपार्कमा आयोजना हुने चुनावी आमसभा र दिउँसो २ बजे भित्री मधेसको परशुराम नगरपालिकाको लालढुङ्गा बजारको सभामा सम्बोधन गर्ने कार्यक्रम छ।प्रधानमन्त्री देउवासँग कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत केन्द्रीय नेताले पनि सम्बोध

उम्मेदवारका नौटंकी : गाई दुहुनेदेखि हलो जोत्नेसम्म

चुनावी प्रचार अभियानका क्रममा उम्मेदवाहरूले भोट माग्न अनेक तरिका अपनाएका देखिए । केही प्रतिनिधिमूलक दृश्य हेर्ने हो भने एमालेका एक नेताले मतदाताको गोठमा गएर गाई दुहेको देखियो । राजपाका एक उम्मेदवारले खेतमा काम गरिरहेका मतदाताको खुट्टा ढोगे । उनको यो तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्यो ।

गालीगलौज होेइन, अजेन्डा बताऊ

राजनीतिक दलको चुनावी प्रचार हेर्दा लाग्छ, उनीहरूसँग अजेन्डाको खडेरी छ । त्यसैले त चुनाव प्रचारप्रसारका क्रममा राजनीतिक दलका शीर्ष नेताले आफ्नो पार्टीको अजेन्डा, नीति र कार्यक्रम बताउँदैनन् बरु प्रतिस्पर्धी दलहरूप्रति कटाक्षमात्रै गर्छन् ।