भारतीय कलाकार विवेक ओवरायद्वारा पशुपतिनाथमा विशेष पूजा

भारतीय कलाकार विवेक ओवरायले पशुपतिनाथ मन्दिरमा पञ्चामृत अभिषेकसहित विशेष पूजा गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।कलाकार ओवरायले रु दुई हजार एक सयको रसिद काटी पञ्चामृत अभिषेकसहित विशेष पूजा गरेको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए । विवेकका पिता सुरेश ओवराय पनि नेपाल भ्रमणका बेला पशुपतिनाथमा दर्शन एवं पूजा आराधनाका लागि आउने गरेको जनाइएको छ ।बलिउड नायक ओवराय परिवारसहित घुम्न बुधबार नेपाल आएका थिए । धेरै भारतीय कलाकारले नेपाल भ्रमणका बेला पशुपतिन