'कलकत्ता बाढ़ सम्मेलन' जसले १२७ वर्षअघि नै देखाएको थियो ब्रिटिस इन्डियालाई कोसी उच्च बाँधको सपना

सन् २०१४ मा प्रधानमन्त्री निर्वाचित भएपछि  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको पहिलो भ्रमण निकै चर्चित बन्यो । भ्रमणका क्रममा धेरै विषयहरू चर्चामा थिए । त्योमध्येको एक हो– मोदीले तत्कालीन संविधानसभामा गरेको भाषण । पानी र जवानीलाई बिम्ब बनाउँदै मोदीले संसद्मा भनेका थिए, ‘पानी र जवानी यो कहिल्यै पहाडमा काम लाग्दैन ।...