लोपउन्मुख वनकरिया जातिका बालबालिकाले अध्ययन गर्ने जिल्लाकै एक मात्र माध्यमिक विद्यालयको नवनिर्मित सुविधा सम्पन्न भवन हस्तान्तरण गरिएको छ । विभिन्न तहमा गरी हाल १५ जना वनकरिया समुदायका बालबालिका अध्ययन गरिरहेको मनहरी गाउँपालिका वडा नम्बर–४ मसिनेस्थित पशुपति माध्यमिक विद्यालयको नवनिर्मित ३ तले भवन सोमबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।२०७२ को विनाशकारी भूकम्पका कारण क्षति पुगेको सो विद्यालयको भवन नेपाल सरकारले दातृ निकाय एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण गरेको हो । ९ वटा कक्ष