४० मेगावाट अपर चमेलिया जलविद्युत् आयोजनाको परीक्षण शुरु

बैतडी - दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा निर्माण भएको ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको परीक्षण शुरु गरिएको छ ।  कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेका अनुसार दार्चुलाको मार्मा गाउँपालिका–१, किमबगडमा बाँध बाँधेर छ किलोमिटर तल मार्मा गाउँपालिका–२, घट्टीगाडमा रहेको विद्युतगृहमा पानी खसालेर शुक्रवार हिजाेदेखि परीक्षण शुरु गरिएको हो ।  उहाँले भन्नुभयो, 'आयोजनाको छ हजार एक सय मिटर लामो पेन्सटक पाइप लाइन, तीनवटै टरबाइन, जेनरेटर र अन्य उपकरणको परीक्...

सम्बन्धित सामग्री

अपी पावरको सौर्य आयोजना सञ्चालनमा आउँदै

काठमाडौं (अस) । अपि पावर कम्पनीद्वारा निर्माणाधीन ४ मेगावाट क्षमताको चन्द्रनिगाहपुर सौर्य आयोजना वैशाख महिनाभित्रै सञ्चालनामा आउने भएको छ । अहिले यो आयोजनाको काम अन्तिम चरणमा पुगेको कम्पनीले जानकारी दिएको छ । आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारणमा जडान हुनेछ । यो आयोजना ईपीसीअन्तर्गत कुशल प्रोजेक्ट नेपालले निर्माण गरेको हो । यसैगरी कम्पनीले ढल्केबर र सिमरामा १–१ मेगावाट क्षमताको अर्काे आयोजना निर्माण सुरु गरेको छ । यी आयोजना केही महिनाभित्र सञ्चालनमा ल्याउने तयारी कम्पनीको छ । विद्युत् प्राधिकरण र अपि पावर कम्पनीबीच गत ०७५ साल साउन २७ गते निजी क्षेत्रबाट ग्रीड कनेक्टेड सौर्य विद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता भएको थियो । सम्झौताअन्तर्गत जम्मा १८.५ मेगावाट क्षमताका विभिन्न आयोजना निर्माण गरिनेछन् । यसअन्तर्गत कम्पनीले पहिलो चरणमा तीन आयोजनाबाट ६ मेगावाट. विद्युत् उत्पादन गर्नेछ । यी आयोजना निर्माण अवधि १० महिना रहेको छ । नेपालमा निजी क्षेत्रबाट प्रवद्र्धित यी आयोजना पहिलो रहेको कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादित बिजुली विद्युत् प्राधिकरणको ११ केभी र ३३ केभी प्रसारण लाइनमा जडान गरिनेछ । यी आयोजनाको विद्युत् खरिद बिक्री दर रु. ७.३० प्रतियुनिट छ । यी आयोजना निर्माणपछि अपि पावर कम्पनीसँग ५६.५ मेगावाट जलविद्युत् तथा १८.५ मेगावाट सौर्य गरी जम्मा ६२.५ मेगावाट पुग्नेछ । कम्पनीले यसअघि नै दार्चुलामा ८.५ मेगावाट र ८ मेगावाट क्षमताका दुई आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । आगामी वर्ष दार्चुलामा अवस्थित ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजना सञ्चालन गर्ने तयारी भइरकेको कम्पनीले बताएको छ ।